शेयरबजारमा एनआरएन भित्र्याउन बजेट मै विशेष प्याकेज ल्याउन बैंकर्स संघको सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2021 | 01:19:25 PM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले पुँजीबजारमा एनएआरएनलाई भित्र्याउनको लागि विशेष प्याकेज ल्याउन सुझाव दिएको छ । आगामी आर्थिक वर्ष ७८/७९ को बजेटमा सुझाव दिदै संघले गैर आवासीय नेपालीहरुसँग भएको पुँजीलाई पुँजी बजार  मार्फत् प्रबद्र्धन गर्न विशेष प्याकेजको व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिएको हो ।

 संघले अर्थ मन्त्रालयलाई विभिन्न २६ वटा सुझाव दिएको हो । जस मध्ये १९ वटा कर सम्बन्धि सुझाव रहेका छन् । संघले आयकर ऐनको दफा ४७(क)(५) अनुसार सोही दफाले उपदफा (१) बमोजिम गाभिई निसर्ग भएको निकायले गाभिएको मितिबाट २ वर्ष भित्र वितरण गरेको लाभांशमा कर लाग्ने व्यवस्था गरेकोमा सोलाई २ आर्थिक वर्ष भनी स्पष्ट व्याख्या गर्नु सान्दर्भिक देखिने सुझाव दिएको छ।

त्यस्तै संघले आयकरमा छुटको सीमा वृद्धि गर्नको लागि सुझाव दिएको छ । संघको सुझावमा भनिएको छ 'व्यक्तिगत आयमा आधारभुत करछुटको सीमा (Exemption Limit) बढाउनु पर्ने । यसै गरी एक लाख सम्मको व्यक्तिगत जीवन बिमामा कर छुट गरिनुपर्ने; कर्मचारीले घरजग्गा खरिद गर्दा नेपाल राष्ट्रबंकै बाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाबाट लिएकोकर्जामा तिरेकोव्याज रकमलाई सीमा निर्धारण गरी करयोग्य आयबाट घटाउन पाइनु पर्ने; कर्मचारीको आफ्नो पहिलो दुई सन्तानको माध्यमिक स्तर सम्मको अध्ययन गर्नका लागि लाग्ने मासिक शुल्कको सीमा निर्धारण गरी करयोग्य आयबाट घटाउन पाउने लगायतका व्यवस्था गरिनु पर्ने ।'

संघले बैंकहरुको आयकरको दरलाई ३० प्रतिशतबाट घटाएर २५ प्रतिशत कायम गर्न सुझाव दिएको छ । संघले भनेको छ 'बंैक तथा वित्तीय संस्थाहरुको देशको आर्थिक विकासको लागि अभिन्न अंग भएको र मुलुकको अर्थतन्त्रलाई उकास्न समेत महत्वपूर्ण भूमिका खल्ेनेक्षेत्र भएकोहँदुा, चुरोट, मदिरा उद्योगलाई लाग्नेसरह ३०% आयकर लाग्नु उपयुक्त तथा न्यायोचित नहुने ब्यहोरा स्मरण गराँउदै बैंक तथा वित्तीय संस्थाहरुलाई समेत अन्य व्यवसाय सरह अधिकत्तम २५% सम्म आयकर लाग्नेब्यवस्थाकोलागी अनुरोध छ । बैंक तथा वित्तीय संस्थाहरुका विचमा तिब्र प्रतिस्पर्धा हुन गई हाल वाणिज्य बैंकहरुको लगानीको प्रतिफल १२ प्रतिशत हाराहारी मात्र रहेको व्यहोरा अनुरोध गर्दछौं ।'

हेर्नुस सुझाव : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved