सानिमा बैंक र माइती नेपालबीचको सम्झौता नविकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2021 | 08:39:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  र माइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ ।  समझदारीपत्रमा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला र बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार मानव बेचविखन र लैङ्गिक हिंसा विरुद्ध माइती नेपालको अभियानमा सहयोग पु¥याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माइती नेपाललाई दश लाख रुपैयाँ सहयोग गर्ने भएको छ । माइती नेपालले करिब तीन दशकदेखि महिला तथा बालबालिका बेचविखन विरुद्ध विभिन्न काम गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशभर ८६ शाखाहरु, १७ विस्तारित काउन्टर र ९६ एटिएम रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved