बैंकका सबै ग्राहकको गुगल प्लस कोड ठेगाना अनिवार्य, यस्तो छ राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2021 | 03:35:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई गुगल प्लस कोड कार्यन्वयनमा ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले आफ्नो ब्यबस्थापन सूचना प्रणाली तथा सेवाग्राहीको ठेगानामा प्लस कोड समेत राखी ठेगाना अध्यावधिक गराउन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

प्लस कोड भनेको गुगलले संचालनमा ल्याएको गुगल म्याप्स एप्लिकेशनमा आधारित जीपीएस प्रणालीको लोकेसन कोड हो । यो कोड मार्फत जुन सुकै लोकेशन पनि सहजै पत्ता लगाउन सकिन्छ । गुगल म्याप्समा पनि कोड अनुसारको लोकेशन हेर्न सकिन्छ ।

राष्ट्र बैंकले सबै सेवाग्राहीको ठेगानामा गुगल प्लस कोड पनि उल्लेख गर्न निर्देशन दिएको हो । जस अनुसार घरधनीहरुले आफ्नो घर रहेको स्थानको कोड अध्यावधिक गराउन सक्ने छन् भने भाडामा बस्नेले घरबेटीको घरको प्रवेशद्वारालाई आधार मान्नु पर्ने ब्यबस्था छ ।

 सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको हुलाक सेवा विभागले गुगल प्लस कोड प्रयोगमा ल्याएको हो। यसको लागि विभागले गुगल प्लस कोड प्रयोगसम्बन्धी कार्य सञ्चालन प्रक्रिया, २०७७ कार्यविधि तयार पारेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved