ग्लोबल आइएमई बैंकद्वारा अटो चालकलाई क्यूआर कोड वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2021 | 05:41:23 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited को गाईघाट शाखाले सीटी सफारी यातायात प्रा.लि.बाट सञ्चालित अटो रिक्सा चालकहरूलाई क्यूआर कोड वितरण गरेको छ ।

बैंकको प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरुलाई क्यूआर कोड वितरण गरेका हुन्। कार्यक्रममा बोल्दै सापकोटाले क्यूआर कोडले छिटो, छरितो र सरल ढङ्गबाट नगद रहित कारोबार गर्नमा सहयोग गर्ने बताए । 

यसैगरी, बैंक शाखाका प्रबन्धक रबिनराज दाहालले क्यूआर कोडको प्रयोगले वस्तु तथा सेवाको खरिद गर्दा नगद बोक्नुपर्ने र बैंकमा समय बिताउनुपर्ने झन्झटबाट मुक्त हुने, कारोबारको सुरक्षामा पनि बढावा हुने र कोभिड–१९ को संक्रमणको जोखिम न्युनीकरण हुने बताए । 

बैंकले वित्तीय कारोबारमा सहजीकरण प्रदान गर्ने उद्देश्यले त्रियुगा नगरपालिका क्षेत्रमा रहेका विभिन्न १५० भन्दा बढी व्यवसायीहरुलाई क्यूआर हस्तान्तरण गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved