माछापुच्छ्रे बैंकको सबै सेवा ३ दिन बन्द हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2021 | 02:37:55 PM मा प्रकाशित

laxmi  sunrise bank

३ दिन माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  को सेवा अवरुद्द हुने भएको छ । बैंकले आफुले प्रयोग गरिरहेको कोर बैंकिंग सिस्टम परिवर्तन गर्न लागेकोले सिस्टम माइग्रेसनको लागि सेवा अवरुद्द हुने जनाएको हो । 

बैंकले हालको सिस्टम टि २४ टेमोनसलाई प्रतिस्थापन गरेर फिनाकल कोर बैंकिंग सलुसन प्रयोग गर्न लागेको हो । बैंकले बैशाख १९ गतेबाट फिनाकल प्रयोग गर्ने जनाएको छ  

सो को लागि माइग्रेसनको कार्य गर्नु पर्ने भएकोले बैशाख १६ गते बेलुका ६ बजेदेखि बैशाख १९ गते बिहान ६ बजेसम्म सेवा अवरुद्द हुने जनाएको हो  । यस अवधिमा दिवा काउन्टर, सन्ध्याकालिन काउन्टर, होलिडे काउन्टर, एटिएम , इन्टरनेट बैंकिंग , मोबाइल बैंकिंग र शाखा रहित बैंकिंग सेवा बन्द रहने बैंकले जनाएको छ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved