एन आई सी एशियाले सुरु गर्यो क्विक पे सेवा, लिंकबाटै डिजिटल भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 10:42:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक NIC Asia Bank Limited  ले क्विक पे सेवा सुरु गरेको छ । बैंकले साना तथा मझौला व्यवसायीहरूले एपिआइ इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने क्विक पे सेवाको सुरुवात गरेको हो । 

यस क्विक पे मार्फत बिक्रेताले खरिदकर्तालाई भुक्तानी लिंक पठाई सरल एवं सुरक्षित रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । बैंकबाट क्विक पे सेवा लिन चाहने व्यवसायीहरूले बैंकसमक्ष पुगी सम्झौता गरेपश्चात् बैंकले  भुक्तानी लिने लिंक उपभोक्ताहरूलाई पठाउन मिल्ने प्लेटफर्म उपलब्ध गराउनेछ भने उक्त प्लेटफर्मको प्रयोग गरेर मर्चेन्टहरूले ईमेल, एसएमएस तथा सामाजिक सञ्जालका मेसेन्जर एपमार्फत भुक्तानी लिंक उपभोक्ताहरूलाई पठाउन सक्नेछन् ।

उपभोक्ताहरूले ल्यापटप, कम्प्युटर वा स्मार्टफोनमा प्राप्त भएको लिंक क्लिक गरी कार्ड, मोबाइल बैंकिङ्ग एवं इन्टरनेट बैंकिङ्गमार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा तत्काल सहज तरिकाले रकम भुक्तानी गर्न सक्नेछन् ।

अनलाईन भुक्तानी सेवामा आबद्ध नभएकालाई ई–कमर्श कम्पनीहरूले क्विक  पे को माध्यमबाट भुक्तानी लिनुका साथै अफलाईन व्यवसाय गर्ने व्यवसायीहरूले समेत यस माध्यमबाट भुक्तानी लिन पाउने बैंकले जनाएको छ । 

हाल देशव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण कम गर्नका लागि नगद कारोबारको सट्टा डिजिटल कारोबार अवाञ्छनीय भएकोले समेत बैंकले ल्याएको क्विक  पे सेवा अत्यन्तै सुरक्षित तथा प्रभावकारी रहने बैंकले जनाएको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved