राष्ट्रिय वाणिज्य बैंकको कपल टुर मेगा पुरस्कार स्वर्णिम पौडेललाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 02:22:35 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकको आरबिबि मोवाइल बैंकिंग कारोबार गर्ने नौ जना विजयीहरुको नाम घोषणा गरेको छ । ७७ चैत ५ गतेदेखि एक महिनमा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका नौ जना विजयीहरुको नाम घोषणा गरेको हो ।

सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले थाइलैण्ड भ्रमणको कपल टुर (4N 5 D) मेगा पुरस्कार प्याकेज पाएका छन् । यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी M01 Core ब्राण्डको एक एक थान मोवाइल फोन सेट पाएका छन् । 

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा आर बि बि मोवाइल बैंकिंग महामेला कार्यक्रम संचालन गरिरहेको छ ।

यसको लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ । बैंकसंग खाता खोली मोवाइल बैंकिङ्ग आरबिबि स्मार्टबाट डिजिटल कारोबार गर्दा  ग्राहकले छुट लगायत उपहार पाउने छन् ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved