धेरै सेयरधनी भएका ८ वाणिज्य बैंकहरुमा प्राइम बैंक अब्बल, अरु बैंकको वित्तीय अवस्था कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 03:17:47 PM मा प्रकाशित

laxmi  sunrise bank

धेरै सेयरधनी भएको र एकै व्यवसायिक घरानाको दबदबा नभएका आठ बैंकहरु मध्ये प्राइम बैंकले तेस्रो त्रैमासमा सबै भन्दा बढी खुद मुनाफा आर्जन गरेको छ। चालू आर्थिक बर्षको नौं महिनामा प्राइम बैंकले २ अर्ब ८६ करोड खुद मुनाफा आर्जन गर्दा उसँग प्रतिस्पर्धी देखिएको सिद्दार्थ बैंक २ अर्ब ६ करोड खुद मुनाफा सहित दोस्रो स्थानमा देखिएको छ भने मेगा बैंक १ अर्ब ९७ करोड खुद मुनाफा सहित तेश्रो स्थानमा देखिएको छ। 

त्यस्तै १ अर्ब ४० करोड सहित वितरणयोग्य मुनाफामा सानिमा बैंक यी आठ वटा बैंकहरुमा पहिलो स्थानमा देखिएको छ। सिटिजन्स इन्टननेशनल १ अर्ब ३४ करोड वितरणयोग्य मुनाफा सहित दोस्रो स्थानमा छ भने मेगा बैंक १ अर्ब २९ करोड सहित  तेस्रो स्थानमा रहेको छ। 

त्यस्तै प्रतिसेयर आम्दानीमा समेत यी आठवटा बैकहरुमा सानिमा बैंक पहिलो स्थानमा छ भने मेगा बैंक दोस्रो स्थानमा छ। त्यस्तै जगेडा कोषको हिसाबले यी ८ वटा बैंकमा सिद्दार्थ बैंक सबैभन्दा बलियो देखिएको छ। यस अवधिमा सिद्दार्थ बैंकको जगेडा कोषमा ८ अर्ब ९७ करोड रहेको छ। 

त्यस्तै व्यवसाय विस्तार अर्थात निक्षेप संकलन तथा कर्जा लगानीमा यी ८ वटा बाणिज्य बैंकमा सिद्दार्थ बैंक पहिलो स्थानमा रहेको छ। सिद्दार्थले चालु आर्थिक बर्षको ९ महिनामा १ अर्ब ७२ करोड निक्षेप संकलन गरि १ अर्ब ५३ करोड कर्जा प्रवाह गरेको छ। त्यस्तै सिद्दार्थ बैंकपछि निक्षेप संकलन र कर्जा लगानीमा दोस्रो र तेश्रो स्थानमा क्रमश: प्राइम र मेगा बैंक रहेका छन्।  

त्यस्तै विदेशी लगानी भएका ३ बाणिज्य बैंकहरुमा निक्षेप संकलन तथा कर्जा प्रवाहमा एभरेष्ट बैंक अगाडी रहेको भने खुद मुनाफा तथा वितरणयोग्य मुनाफामा समेत एभरेष्ट बैंकनै अगाडी रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved