निषेधाज्ञामा ४ घण्टा मात्र बैंकहरु खुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 06:18:10 PM मा प्रकाशित

laxmi  sunrise bank

निषेधाज्ञाको अवधिमा वाणिज्य बैंकको शाखाहरु ४ घण्टा मात्र खुल्ने भएको छ । नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघ बीच आज भएको छलफलले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र शाखाहरु खोल्ने निर्णय गरेको हो । 

हालको लागि बैंकका सबै शाखा र सबै एटिएम खुल्ने भएका छन् । केहि दिनपछि संक्रमणको अवस्था र ग्राहकको भिँडलाई हेरेर समय र संख्यामा आवश्यकता अनुसार थपघट हुने भएको छ।

बैंकर्स संघले सकेसम्म अनलाइन कारोबार गर्नको लागि आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved