समता शैक्षिक गुठीलाई सनराइज बैंकको आर्थिक सहयोग

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 28, 2021 | 06:22:57 PM मा प्रकाशित

predect in win

सनराइज बैंक Sunrise Bank Limited  ले समता शैक्षिक गुठीलाई आर्थिक सहयोग गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले गुठीका निर्देशक दिपक संजेललाई रु ३ लाखको चेक हस्तान्तरण गरेकी हुन् । 

त्यस क्रममा संजेलले  शिक्षा क्षेत्रमा कार्य गर्दै आएको समता शैक्षिक गुठीलाई सहयोग गरेकोमा सनराइज बैंक प्रति कृतज्ञता र आगामी दिनमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास गर्दै जाने बताए ।

बैंकले यस गुठी अन्तर्गतका ६ वटा प्रदेश स्थित ६ वटा विद्यालयलाई रु ५० हजारका दरले हुने गरी कुल रु ३ लाख सहयोग गरेको हो ।  गुठीले उक्त रकम तेकिएको विद्यालयको संचालनको लागि खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पु¥याउने जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved