सांग्रीलाको बैंकिङ समय परिवर्तन, समस्या भए सम्पर्क व्यक्तिलाई फोन गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2021 | 02:46:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रीला डेभलपमेन्ट बैंकले निषेधाज्ञाको बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीहरुलाई सहज र सुलभ ढंगले सेवा प्रवाह गर्न विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको छ । बैंकले निषेधाज्ञा अवधिमा आफ्ना ग्राहकहरुले आधारभूत बैंकिङ सेवा लिन कुनै कठिनाई भोग्नु परे वा कुनै समस्या आएमा सहजीकरणका लागि विभिन्न क्षेत्रमा समन्वयकर्ताहरु तोक्ने काम गरेको हो । 

जसअनुसार काठमाण्डौ उपत्यकाका विभिन्न शाखाका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको छ भने प्रदेशस्तरमा पनि समन्वयकर्ता छनौट गरी उनीहरुको नाम र सम्पर्क नम्बरको सूची नै सार्वजनिक गरिएको छ । 

काठमाण्डौ उपत्यकाका लागि विभिन्न शाखामा कुल १९ जना सम्पर्क व्यक्ति तोकिएको छ । यस्तै, प्रदेश नम्बर १ का लागि २ जना, प्रदेश नम्बर २ का लागि २ जना, भरतपुर क्षेत्रका लागि २ जना, मकवानपुर क्षेत्रका लागि एकजना, बुटवल क्षेत्रका लागि एकजना, बाग्लुङ क्षेत्रका लागि एकजना, नेपालगञ्ज क्षेत्रका लागि ३ जना, दाङ क्षेत्रका लागि एकजना, गोरखा क्षेत्रका लागि २ जना, कर्णाली प्रदेशका लागि एकजना, सुदुरपश्चिम क्षेत्रका लागि २ जना र पोखरा क्षेत्रका लागि २ जना सम्पर्क व्यक्ति तोकिएको बैंकले जनाएको छ । 

सुचना यस्ताे छ


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved