२५ प्रतिशत कर्मचारीबाट सेवा दिन राष्ट्र बैंकको निर्देशन, वर्क फर्म होममा जोड दिनुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2021 | 12:45:37 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्य सतर्कता अपनाउदै पूर्ण सजगताका साथ कारोबार गर्न गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले 'क', 'ख', 'ग' र 'घ' वर्गका बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्य सतर्कताको साथ साथ ब्यबसायलाई निरन्तरता दिन विभिन्न ७ बुंदे निर्देशन जारि गरेको हो ।

जस अनुसार राष्ट्र बैंकले स्वास्थ्य मापदण्डको पालना गर्न,र जोखिम न्यूनीकरणका उपाय अबलम्बन गर्न निर्देशन दिएको छ । त्यस्तै निषेधाज्ञा जारि भएका स्थानमा रहेका केन्द्रिय कार्यालयमा २० प्रतिशतभन्दा कम र शाखा कार्यालयको हकमा २५ प्रतिशत भन्दा कम कर्मचारीबाट सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले वर्क फर्म होम र रिमोट एक्सेसबाट सेवा दिन पनि निर्देशन दिएको छ  ।

त्यस्तै शाखाहरुबाट आलोपालो सेवा दिन, र हरेक दिनको शाखा खुल्ने विवरण वेबसाइट र सामाजिक संजाल मार्फत जानकारी दिन भनिएको छ । राष्ट्र बैंकले विद्युतीय माध्यमको कारोबारलाई प्रोत्साहन गर्न र स्थानीय निकायसंग समन्वय गरि सेवा दिन निर्देशन दिएको छ ।  

हेर्नुस निर्देशन :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved