एनआईसी एशिया बैंकले ल्यायो नगद फिर्ता योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2021 | 06:03:50 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले नगद फिर्ता योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकलाई घरमै बसेर विभिन्न अनलाईनमार्फत अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रू. ५ सयसम्म नगद फिर्ताको योजना सार्वजनिक गरेको हो । 

बैंकले सस्तो डिल, ग्यापु, रिचार्जर, इनफि स्टोर र खानपिन फुड एण्ड टुर्स बाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने जनाएको छ । 

बैंकको कार्डमार्फत ई–कमर्श तथा ओपिएस भुक्तानी एवं मोबाइल बैंकिङ्ग  प्रयोगकर्ताहरूले क्यू आर  भुक्तानी गरी यस योजनामा सहभागी हुन सक्नेछ । साथै, आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आइसर्भिस मार्फत सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गर्न सक्ने छन् । 

बैंकका अनुसार योजना ७८ बैशाख ३१ सम्म लागू हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved