सिद्धार्थ बैंकको नयाँ वेबसाइट संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2021 | 06:58:56 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले नयाँ वेबसाइट सार्वजनिक गरेको छ । आफ्नो वेबसाइटलाई परिष्किृत र परिमार्जन गरी आम ग्राहकलाई सजिलै डिजिटल माध्यमबाट बैंकको सेवा, सुविधा तथा सूचनाहरुको बारेमा जानकारी प्रदान गर्न र प्रयोगकर्ताहरुको सन्तुष्टि बढाउने उदेश्यले नयाँ वेबसाइट ल्याएको हो ।

आधुनिक र नविनतम प्रविधी प्रयोग गरेर बनाइएको नयाँ वेबसाइट सबै किसिमका ब्राउजरमा सहजै रुपमा मोबाइल एवं कम्प्युटरबाट कुशलतापूर्वक चलाउन मिल्ने गरी विकास गरिएको बैंकले जनाएको छ । ग्राहकहरुको कुनै पनि गुनासो तथा बिषयहरुलाई सहज ढङ्गले सम्बोधन गर्न च्याट, हेल्पडेक्स, क्यूक डिल जस्ता एप्लिकेशनहरु राखिएका छन् ।

त्यस्तै बैंकले नयाँ वेबसाइटको सुरुवातसगैँ नागरिक एपसंगको सहकार्यमा बैंकको वेबसाइटबाट नागरिक एप मार्फत अनलाईन खाता खोल्न सकिने सुविधा समेत सुरुवात गरेको छ । 

  बैंकको वेबसाइट https://www.siddharthabank.com हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved