प्रधानमन्त्रीले नागरिक एपबाट नेपाल बैंकमा खोले खाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2021 | 07:43:16 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्रीले केपी शर्मा ओलीले नेपाल बैंक Nepal Bank Limited  मा खाता खोलेका छन् । चौथो राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री ओलीले नागरिक एपको शुभारम्भ गर्दै एप मार्फत नै बैंकमा अनलाइन खाता खोलेका हुन् ।

नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्ड सहितका विवरण समावेश गरिएको छ । नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाईनबाट बैंक खाता, लोक सेवा फाराम भर्न, सिमकार्ड खरिदका साथै पहिचान आवश्यक पर्ने सबै स्थानमा उपयोगी हुनेछ ।

बैंकले देशभर रहेका २०७ शाखा, ४१ एक्स्टेन्सन काउण्टर, १४६ वटा एटिएमबाट सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved