आरटिजिएस प्रणाली संचालनको समय घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2021 | 09:53:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आरटिजिएस प्रणाली संचालन हुने समय घटाएको छ । कोरोनाको दोस्रो लहर तिब्र रुपमा फैलदै गएको र परिवर्तित बैंकिंङ समय अनुसार आरटिजिएस कारोबारको समय पनि परिवर्तन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

जस अनुसार आज बैशाख २० गतेदेखि अर्को सूचना जारि नभएसम्मको लागि आरटिजीएस प्रणाली शुक्रबारको समय तालिका अनुसार संचालन हुने छ । राष्ट्र बैंकले आरटिजीएस प्रणाली संचालनको लागि बिहान १०:३० देखि दिउँसो १ बजेसम्मको समय तोकेको छ। 

आरटीजीएस प्रणालीलाई तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्न प्रयोगमा ल्याइएको राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ । आरटीजीएस प्रणाली नेपाल राष्ट्र बैंकले लागू गरेको हो ।

आरटीजीएस  भनेको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस)  नामको भुक्तानी सेवा हो । यसमा भुक्तानीका लागि चेक आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ।  आरटीजीएस प्रणालीमा २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु पर्दैन । तत्कालका लागि २ लाखभन्दा माथि र २० लाख रुपैयाँभन्दा कमको भुक्तानीलाई स्वेच्छिक गरिएकको २० लाख रुपैयाँभन्दा माथिको भुक्तानी अनिवार्य रुपमा आरटीजीएस प्रणालीमार्फत् गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved