सानिमा बैंकले अन्तरीक्ष प्रतिष्ठानलाई पाँच लाख दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 12:57:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले अन्तरीक्ष प्रतिष्ठान नेपाललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले नेपाली साट–२ मा संलग्न दुई जनालाई अन्तरीक्ष निर्माण÷प्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि सहयोग गरेको हो । 

देशभित्र विज्ञान तथा प्रविधिको अनवेषण तथा विकासको लागि सहयोग स्वरुप अन्तरीक्ष प्रतिष्ठान नेपालका संस्थापक डा.आभास मास्केलाई सो रकम उपलब्ध गराएको हो । अन्तरीक्ष प्रतिष्ठान नेपालले सन् २०५० सम्म नेपालको तर्फबाट अन्तरीक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको संस्थापक डा. मास्केले बताए ।

कक्षा १० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सन् २०२३ सम्म “नेपालली साट–२ विद्यालय” नामक स्याटलाइट निमार्णका लागि एउटा टिम निर्माण गर्नेछन् ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved