सिभिल बैंकको किसान समृद्धि कार्ड सेवा, व्याजदरमा ५ प्रतिशत अनुदान मिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 03:18:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited  ले किसान समृद्धि कार्डको सुबिधा संचलनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने निती अनुरुप बैंकले यस कार्ड सेवाको सुरुवात गरेको हो ।

सबै कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवष्यक परेमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोहि खाताबाट कर्जाको रुपमा बढि रकम पनि झिक्न सकिने व्यवस्था बैंकले ल्याएको हो । यो ऋण सुबिधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिने र प्रति कृषक परिवार रु पाँच लाखसम्मको ऋण सुविधा उपलब्ध गराने छ ।

यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा सम्पर्क गरी वचत खाता खोल्नु पर्नेछ । उक्त खातामा ग्राहकको वचत भएसम्म बैंकले ब्याज प्रदान गर्ने छ भने यदि खातामा भएको वचत भन्दा बढि रकम झिकेमा बैकलाई ब्याज बुझाउनु पर्ने हुन्छ । हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खूद व्याज रकमको गणना हुनेछ । 

यो ऋण सुबिधा कृषिलाई मुख्य पेशाका रुपमा अँगाल्ने कृषकहरुलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइने छ जुन आफूलाई रकम आवश्यक परेको वखतमा सजिलै उपयोग गर्न सकिनेछ । यो ऋण सुविधाको लागि कुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन । 

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशीका अनुसार यस सुविधाको ब्याजदरमा ५% अनुदान प्राप्त हुने भएकोले न्युन ब्याजदर मै यो सुबिधा उपभोग गर्न सकिने बैंकले जनाएको छ  । हाल कोरोनाको कारणले सिर्जित बिषम परिस्थितिमा कृषि स्वरोजगार मार्फत कृषि उत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यो ऋण सुबिधा ल्याएको हो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved