एनआईसी एसियाले ब्याजमा बदमासी गरेपछि प्रिमियममा कडाई गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2021 | 03:18:50 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकले आधार दरमा अत्यधिक प्रिमियम थप गरि सहकारीले भन्दा बढी चर्को ब्याजदर लिएको पाईएपछि नेपाल राष्ट्र बैंकले प्रिमियममा कडाई गर्ने भएको छ। 

आधार दरमा थप गरि लिईने प्रिमियममा कुनै सिलिंङ नतोकिंदा एनआईसी एसिया लगायतका केहि बैंकहरुले बदमासी गरेपछि राष्ट्र बैंकले प्रिमियमलाई लिएर नयाँ निर्देशन जारी गर्ने भएको हो।  

अहिले कायम व्यवस्थाअनुसार राष्ट्र बैंकले बनाएको शुत्रको आधारमा निर्धारण हुने आधार दरमा बैंकहरुले शुन्यदेखि माथि प्रिमियम थपेर ऋणीबाट ब्याज उठाउन पाउँछन्। तर कति प्रतिशत प्रिमियम लिन पाइने भन्ने स्पष्ट नहुँदा यसमै खेलेर एनआईसी एसिया लगायतका केहि बैंकले महङ्गो ब्याजदर लिएको पाईएपछि अब प्रिमियमको पनि प्रतिशत तोकिने राष्ट्र बैंक स्रोतले जनाएको छ। 

बैंकहरुले कति प्रतिशतसम्म प्रिमियम लिन पाउने भन्नेबारे सुरुमै जानकारी गराउनुपर्ने भएपनि एनआईसी एसिया लगायतले समझदारी पत्रमा अधिकतम प्रिमियमबारे मात्र खुलाउने गरेका छन्। जसले गर्दा ऋणीहरुले बैकहरुको आधार दर घटेपनि त्यसबाट लाभ लिनबाट बन्चित भएका छन् भने महँगो ब्याज तिर्न बाध्य हुँदै आएका छन्। 

जस्तो कुनै बैंकको आधार दर ६ प्रतिशत छ भने उसले त्यसमा शुन्यदेखि माथि प्रिमियम जोडेर ऋणीको ब्याजदर तय गरेको हुन्छ। तर एनआईसी एसिया लगायतका बैंकले आधार दरमा कति प्रतिशत प्रिमियम थप गर्ने भन्ने नखुलाई अधिकतम प्रतिशतमात्र खुलाएर समझदारी गर्ने हुँदा ऋणीहरु महंगो ब्याज तिर्न बाध्य भएका छन्। 

अहिले ब्याज अनुदानको ऋणमा मात्र आधार दरमा लिन पाइने प्रतिशत राष्ट्र बैंकले तोकेको छ। राष्ट्र बैंकले अनुदानको ऋणमा २ प्रतिशत भन्दा बढी प्रिमियम लिन नपाउने व्यवस्था गरेको छ।  तर अन्य ऋणमा भने कति प्रतिशतसम्म प्रिमियम तोक्ने भन्ने कुरामा बैंकहरु स्वतन्त्र छन्।   

प्रिमियममा नाममा महँगो ब्याजदर ठटाउने काम रोक्नलाई लिन पाउने प्रिमियमको प्रतिशतनै तोक्नुपर्ने गरि नयाँ निर्देशन आउने राष्ट्र बैंकका नियमन बिभागका एक अधिकारीले बीजपाटीलाई बताए। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved