बैंकमा कर्जाको माग बढ्यो, दुई सातामै ११ अर्ब निक्षेप उठाएर २६ अर्ब ऋण प्रवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2021 | 05:51:22 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्षको चौँथो त्रैमासको पहिलो महिनाको तेस्रो सातातर्फ आइपुग्दा बैंकहरुमा कर्जा लगानीसँगै निक्षेपको मात्रा बढ्न थालेको छ । अघिल्लो साता निक्षेप घटेपनि आर्थिक वर्षको चाैँथाे त्रैमासको पहिलो महिनाको तेस्रो साता कर्जा प्रवाहसँगै निक्षेप पनि बढेको हो । 

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकाअनुसार पछिल्लो दुई सातामा बाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढ्दा कर्जा लगानी २६ अर्बले बढेको छ । यो तथ्यांकले पछिल्लो समय बैंकहरु रिकभरीसँगै नयाँ कर्जा प्रवाहमा पनि केन्द्रित भएको देखाएको छ । 

बैशाखको १० गतेसम्म बाणिज्य बैंकहरुले ३९ खर्ब २२ अर्ब निक्षेप संकलन गरी ३५ खर्ब ८३ अर्ब कर्जा प्रवाह गरेकोमा बैशाख २४ गतेसम्म आइपुग्दा बैंकहरुले ३९ खर्ब ३३  अर्ब निक्षेप संकलन गरी ३६ खर्ब ९ अर्ब कर्जा प्रवाह गरेका छन् । त्यस्तै दुई साताको अन्तर अर्थात् बैशाख १० देखि २४ गतेसम्म बैंकहरुले ११ अर्ब निक्षेप संकलन गरी २६ अर्ब कर्जा लगानी गरेका छन् । 

चौँथो त्रैमासको पहिलो महिनाको दोस्रो सातासम्म पनि कर्जा प्रवाहमा ब्यस्त रहेका बैंकहरु अहिले नयाँ कर्जा प्रवाहसँगै रिकभरी तर्फ पनि आक्रामक बनेका छन् । कोरोनाको कारण लकडाउनसँगै बैंकहरुले कर्जा प्रवाहका लागि घर जग्गा तथा गाडी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नयाँ नयाँ प्रकारका स्किमहरु ल्याएका छन् भने पुराना कर्जाहरु उठाउनलाई ताकेता पनि जारी राखेका छन् । जसकारण कर्जा बिस्तारसँगै निक्षेप पनि बढिरहेको देखिन्छ । 

अन्तिम त्रैमासमा रिकभरी र निक्षेप संकलनमा केन्द्रित रहने बैंकहरु सामान्यतया आर्थिक वर्षको पहिलो त्रैमासदेखि नै नयाँ कर्जा प्रवाहमा आक्रामक हुने गर्दछन् ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved