अबदेखि शुक्रबार पनि चेक क्लियरिङ्ग हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2021 | 09:44:18 AM मा प्रकाशित

laxmi  sunrise bank
अबदेखि शुक्रबार पनि चेक क्लियरिङ्ग हुने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार पनि चेक क्लियरिङ्ग गर्ने ब्यबस्था गर्न निर्देशन दिएको हो । 

राष्ट्र बैंकले अनुमतिपत्र प्राप्त भुक्तानी कार्य गर्ने संस्थाहरूलाई नेपाल क्लियरिङ्ग हाउसले इलोक्टोनिक माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरूको खर्च वा जम्मा गर्ने रकमको अन्तिम सारांश बैंकको बैंकिङ कार्यलयमा पठाउने समय परिवर्तन गरे पछि शुक्रबार पनि चेक क्लियरिङ्ग हुने भएको हो । 

जसअनुसार आईतबार देखि विहिबार सम्म नियमित क्लियरिङ्ग सत्रका लागि नेट क्लियरिङ्ग पोजिसन प्राप्त गर्ने समय दिउँसो ३ बजे र सेटलमेन्ट हुने समय दिउँसो ३ः१० बजे रहेको छ । त्यस्तै पहिलो एक्सप्रेस क्लियरिङ्ग सत्रका लागि प्राप्त गर्ने समय बिहान ११ः३० बजे र सेटलमेन्ट हुने समय बिहान ११ः४० बजे रहेको छ । त्यस्तै दोस्रो एक्सप्रेस क्लियरिङ्ग सत्रका लागि प्राप्त गर्ने समय १२ः३० सम्म र सेटलमेन्ट हुने समय दिउँसो १२ः४० सम्म रहेको छ । 

त्यस्तै शुक्रबार भने नियमित क्लियरिङ्ग सत्रका लागि प्राप्त गर्ने समय दिउँसो १२ः३० बजे र सेटलमेन्ट हुने समय १२ः४० सम्म रहेको छ । साथै एक्सप्रेस क्लियरिङ्ग सत्रमा चेक प्राप्त गर्ने समय दिउँसो ११ः३० बजे र सेटलमेन्ट हुने समय दिउँसो ११ः४० बजे रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved