१६ प्रतिशतले बढ्यो नेपालको आन्तरिक कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2021 | 04:40:21 PM मा प्रकाशित

laxmi  sunrise bank

चलु आर्थिक वर्षको नौ महिनामा कुल आन्तरिक कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको तथ्याङ्कले यस्तो वृद्धि देखाएको.हो । 

आर्थिक वर्ष २०७७÷७८ को नौ महिनामा कुल आन्तरिक कर्जा १६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.१ प्रतिशतले बढेको थियो भने वार्षिक बिन्दुगत आधारमा चैत मसान्तमा यस्तो कर्जा २१.१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २१.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १२.७ प्रतिशतले बढेको थियो । साथै वार्षिक बिन्दुगत आधारमा चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २१.७ प्रतिशतले बढेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved