१३ प्रतिशतले बढ्यो बैंकको निक्षेप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2021 | 05:05:53 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको आर्थिक तथा वित्तीय तथ्याङ्कमा  निक्षेप  बढेको देखिएको हो । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २३.० प्रतिशतले बढेको छ । 

२०७७ चैतमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.५ प्रतिशत, ३५.१ प्रतिशत र ४८.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३२.२ प्रतिशत र ४९.३ प्रतिशत रहेको थियो । 

२०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१.७ प्रतिशत रहेको छ । २०७६ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४४.४ प्रतिशत रहेको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved