हिमालयन र इन्भेष्टमेन्टको मर्जरबारे के भन्छन् अरु बैंकका अध्यक्ष ? के मर्जरको दबाब बढेको हो ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 13, 2021 | 09:19:04 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार नेपालका दुई ठूला बैंक नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच बीच मर्जर सम्झौता भएको छ । मर्जरपछि बन्ने बैंकको  चुक्ता पुंजी २६ अर्ब ९४ करोड भई नेपाल कै सबैभन्दा बढी चुक्ता पुंजी भएको बैंक हुनेछ।

बलिया दुई ठूला बैंकको मर्जर सम्झौताले अन्य बैंकहरुलाई मर्जरमा जानको लागि दबाब पर्ने विश्लेषण गर्न थालिएका छ । यसै सेरोफेरोमा बिजपाटी डटकमले आजको मर्जर सम्झौताले बैंकिङ क्षेत्रमा कस्तो प्रभाव पर्ला भन्नेबारे सम्क्षिप्त प्रतिक्रिया लिएको छ।

हालसम्म सबै भन्दा ठुलो वाणिज्य बैंकको रुपमा रहेको ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल आजको मर्जर सम्झौताले अरु बैंकलाई पनि मर्जमा जानको लागि प्रोत्साहन गर्ने बताउँछन्। बैंकको संख्या घटाउने राष्ट्र बैंक कै नीति भएकोले दुई ठूला बैंकको मर्जरले अन्य बैंकलाई पनि प्रोत्साहन गर्ने उनको भनाई छ।

मर्जमा जानको दबाबले काम नगर्ने भन्दै राष्ट्र बैंकले इन्सेन्टिभ दिएर मर्जमा जानको लागि उपयुक्त वातावरण निर्माण हुनु पर्ने उनको भनाई छ।इन्सेन्टिभ राम्रो भयो भने उपयुक्त वातावरण सिर्जना हुने र बैंकहरु स्वस्फूर्त मर्जमा जाने उनी बताउछन्। तर मर्जको लागि दबाब भने दिन नहुने उनको भनाई छ।

ग्लोबल आईएमई बैंक पनि विभिन्न १८ वटा बैंक तथा वित्तीय संस्था मिलेर बनेको बैंक रहेको स्मरण गर्दै उनी भन्छन्, 'वातावरण निर्माण भयो भने बैंक आफै मर्जमा जान्छन् , राष्ट्र बैंकले दबाब दिई रहनै पर्दैन।'

 त्यस्तै नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल आफुहरुले सुरु देखि नै बैंकको संख्या बढी रहेकाले घटाउन पर्ने भनाई राख्दै आएको बताउँछन्। तर त्यसको लागि विभिन्न प्रयास भए पनि खासै सफल नभएको र अहिले दुई ठूला बैंकले मर्जर सम्झौता गरिसकेपछि अरु बैंकलाई पनि सोच्न बाध्य बनाउने उनी बताउँछन्।

अहिले सम्म मेन्टल ब्लक अर्थात् हामी आफै सक्षम छौ भन्ने मानसिकताले बैंकहरु मर्जमा हिच्किचाएको अवस्था रहेको तर अब भने पोजेटिभ मुभ आएकोले फरक दिशामा बैंकहरु लाग्न सक्ने उनको भनाई छ । 

सानोतिनो ‘शक’ लाई  सजिलै ‘अब्जर्ब’ गर्न पनि बैंकको आकार ठुलो हुने पर्ने उनी बताउछन् । भारतसंग तुलना गर्दा भारतका साना भनिने बैंक पनि नेपालको ठूला बैंक भन्दा पनि ठूला रहेकोले बैंकहरुले मर्जको लागि थप ‘एक्सप्लोर’ गर्नु पर्ने उनको भनाई छ।

अहिलेको मर्जर सम्झौता सहि र उचित कदम रहेको र यसले अरुलाई पनि मोटिभेट गर्ने उनी बताउछन् । तर दबाबले मर्जर नहुने भएकोले स्वेच्छाले आफुले रणनीति बनाएर अब यो रणनीति अनुसार चल्छु भनेर मात्र मर्जर गर्नु पर्ने र अरुको देखासिखीमा मर्जमा जान नहुने उनको भनाई छ । 

पूर्व तयारी गरेर, अहिले आफु कहाँ छु , मर्जर गरेपछि कहाँ पुगिन्छ भनेर आंकलन गरेर अध्ययन गरेर मात्र मर्जमा जानु पर्ने उनी बताउछन्।

मेगा बैंकका अध्यक्ष भोज बहादुर शाह राष्ट्र बैंकले मर्जर नीति ल्याउने तर त्यसको लागि आवश्यक पर्ने इन्सेन्टिभ नल्याउने गरेकोले मर्जरले गति लिन नसकेको बताउँछन्। सोहि कारण अहिले सम्म बाणिज्य बैंकहरुले साना संस्था प्राप्ति मात्रै गरेको र अब भने ठुला बैंक नै मर्जमा गएपछि यसले अरु बैंकलाई दबाब सिर्जना गर्न उनको भनाई छ।

बैंकहरुबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक पर्ने र त्यसको लागि अन्य बैंकलाई पनि धेरै चुक्ता पुंजी चाहिने भएकोले मर्जको लागि दबाब सिर्जना हुने उनी बताउछन् ।

अब ‘Struggle For Existence’ अनुसार बैंक हरु चल्ने भएकोले चल्न नसक्ने र प्रतिस्पर्धा गर्न नसक्ने बैंक हरु मर्जमा जानुको विकल्प नरहेको उनको भनाई छ । 

लक्ष्मी बैंकक अध्यक्ष रमण नेपाल क्रस होल्डीङमा गएका बैंक मर्ज हुनु राम्रै भएकोले यसले सिनर्जी इफेक्ट ल्याउने बताउछन् । यसले अन्य

 बैंकलाई पनि प्रोत्साहन गर्ने र राम्रो संदेश जाने उनको भनाई छ। तर मर्जमा जाँदा समान लेभलको बैंक जानु पर्ने उनको सुझाव छ । बैंकको आकार ठुलो हुँदा बैंक फेल हुने सम्भावना पनि कम हुने उनको भनाई छ।

तर अहिले भएको मर्जको नतिजा हेरेर मात्र बैंकहरु मर्जमा जानु पर्ने उनी बताउछन् । ब्यबस्थापन , कर्मचारी सबै विषयको तालमेल मिले मर्जरले राम्रो नतिजा ल्याउने उनको भनाई छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved