अक्सिजन अभावको बेला सिद्धार्थ बैंकले ल्यायो 'अक्सिजन लोन', १५ वर्षसम्म बेसरेट मै कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2021 | 04:01:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरु खरिद गर्नका लागि 'अक्सिजन लोन' दिने भएको छ । बैंकले अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरु खरिद गर्नका हस्पिटल तथा नर्सिङ्ग होमहरुलाई सहुलियत कर्जा दिने भएको हो ।

बैंकका अनुसार यस कर्जाको लागि कम्पनीको नगद प्रवाह (cash flow) लाई आधार मानी कर्जाको अवधि अधिकतम १५ वर्ष कायम गरिएको छ । ब्याजदरको हकमा कर्जा अवधिभर नै आधार दर (Base Rate) कायम गरिने र भविष्यमा केन्द्रिय बैंकबाट कुनै प्रकारको सहुलियत प्राप्त हुने भएमा सो समेत उपलब्ध गराइने बैंकले जनाएको छ । यसमा कुनै पनि किसिमको सेवा शुल्क तथा अन्य कमिशनहरु नलिइने बैंकले जनाएको छ।

यो सुविधा सिमित अवधिका लागि मात्र लागु गरिएकोले इच्छुक हस्पिटल तथा नर्सिङ्ग होमहरुलाई दरखास्त दिन बैंकले आग्रह गरेको छ ।

हाल देखिएको अक्सिजनको चरम अभाव अवस्थालाई मध्यनजर गर्दै अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरिद तथा क्षमता विस्तारको लागि सहुलियतपूर्ण विशेष कर्जा ल्याईअको बैंकले जनाएको छ । यस्तो कर्जालाई उच्च प्राथिमिकतामा राखेर प्रोसेस गरिने बैंकले उल्लख गरेको छ । थप जानकारीको लागि बैंकले ९८५१०७४८४८ मा सम्पर्ण गर्न वा [email protected] मा इमेल गर्न आग्रह गरेको छ ।

No description available.

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved