घरबाटै बैंकिङ कारोबार गर्न बैंकर्स संघको आग्रह, मुद्दती खाता नविकरण इमेलबाटै हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2021 | 12:07:15 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ग्राहकवर्गहरुलाई घरबाटै बैंकिङ्ग कारोवार गर्न अनुरोध गरेको छ। मोबाइल तथा इन्टरनेट बैंकिङ्ग मार्फत एक खाता बाट अर्कोमा रकम स्थानान्तरण, खाता व्यालेन्स (दबबिलअभ) हेर्ने, विभिन्न बिल भुक्तानीहरु लगायतका कार्यहरु अनलाइनबाट नै गर्न सकिएको भएकोले यी कार्य घर बाट नै गर्न संघले आग्रह गरेको हो।

साथै, सामान खरिद गर्दाका वखत समेत उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्युआर मार्फत भुक्तानी गरी सकेसम्म नगद कारोवार कम गर्नु संघले अनुरोध गरेको छ। 

त्यति संघले ग्राहकहरुको सहजताको निमित्त यस निषेधाज्ञा अवधिभर मुद्दती खाता नविकरण (FD Renewal) समेत सम्बन्धित बैंकलाई इमेल मार्फत अनुरोध गर्न सकिने संघले जनाएको छ । साथै, कुनै परिस्थितिवस इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको ७ दिन पछि सम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुने गरि नविकरण गर्न सकिने संघले प्रष्ट पारेको छ।

बैंकिङ्ग कारोवार वा बैंकसंग सम्बन्धित अन्य कुनै सेवा, सुझाब, गुनासो भएको खण्डमा बैंकको वेबसाइटमा सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथा कल सेन्टर सेवा समेत उपलब्ध भएको संघले जनाएको छ ।

कोभिडको दोस्रो लहर बढेसंगै संघले घरबाटै कारोबार गरि आफू र अरुलाई सुरक्षित राख्न आग्राह गरेको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved