नबिल बैंकको वेबसाइट मार्फत डलर कार्डको लागि निवेदन दिन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2021 | 07:30:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत डलर कार्ड अर्थात नबिल आईकार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । यस नयाँ सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहकले आफै बैंकको वेबसाइटमा 'Nabil iCard' सेक्सनमा  गइ 'Apply Now' छानि नबिल आईकार्डको लागि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैस“ग सन्दर्भ गर्न सक्दछन् । थप जानकारीका लागि ग्राहक सेवा केन्द्रमा ९०१–५९७००१५० सम्पर्क गर्न आग्रह गरेको छ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आङ्खनो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नयाँ सुबिधा ल्याएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved