एक सातामै बैंकिङ प्रणालीमा थपियो २२ अर्ब, सेयरबजारमा कस्तो प्रभाव पर्ला?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2021 | 03:26:26 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्षको चौँथो त्रैमासको पहिलो महिना सकिंदै गर्दा बैंकहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेपको मात्रा बढ्न थालेको छ। अघिल्लो साता निक्षेप र कर्जा लगानीको वृद्धिको अनुपात उस्तै रहेपनि पहिलो महिनाको अन्तिमसम्म आइपुग्दा निक्षेप ह्वात्तै बढेको हो। 

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकाअनुसार पछिल्लो एक सातामा बाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले बढ्दा कर्जा लगानी मात्र २ अर्बले बढेको छ । यो तथ्यांकले पछिल्लो समय बैंकहरुमा कर्जाको माग घटेको र निक्षेपको मात्रा बढ्दै गएको देखाउँछ। 

बैशाखको २४ गतेसम्म बाणिज्य बैंकहरुले ३९ खर्ब ३३ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब ९ अर्ब कर्जा प्रवाह गरेकोमा बैशाख ३१ गतेसम्म आइपुग्दा बैंकहरुले ३९ खर्ब ५५ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब ११ अर्ब कर्जा प्रवाह गरेका छन् । त्यस्तै एक साताको अन्तर अर्थात् बैशाख २४ देखि ३१ गतेसम्म बैंकहरुले २२ अर्ब निक्षेप संकलन गरी २ अर्ब कर्जा लगानी गरेका छन्।

आर्थिक क्रियाकलाप तिब्र रुपमा अगाडी बढिरहेको बेला कोरोना भाइरसको दोस्रो लहरका कारण सृजित अवस्थाका कारण एकातर्फ पछिल्लो समय कर्जाको माग घटेको छ भने अर्को तर्फ हिजो कर्जा लिएकाहरुले तिर्ने क्रम बढेको छ, जस कारण बैंकमा विस्तारै पैसा थुप्रिन थालेको छ।  

कोरोनाको लकडाउनका कारण आर्थिक गतिबिधि ठप्प जस्तै हुँदा बैंकहरुमा थुप्रिएको पैसा विस्तारै सेयरबजारमा लगानीको रुपमा पुगेकाले पछिल्लो समय सेयर बजारमा कारोबार रकम ऐतिहासिक बन्न पुगेको एक बैंकरले बिजपाटीलाई बताए।

'अहिले लगानी गर्ने र छोटो अवधिमा नै प्रतिफल आउने क्षेत्र भनेको सेयरबजार नै हो, त्यसैले सामान्य देखि संस्थागत लगानीकर्ता मात्र नभई बैंक वित्तीय संस्थाको समेत लगानीको प्राथमिकता सेयरबजार नै परेको छ, त्यसैले पनि कारोबार रकम ऐतिहासिक बन्न पुगेको हो' ती बैंकरले बताए।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved