अब अनलाइनबाट नै केवाईसी भरेर निष्क्रिय रहेका बैंक खाता सुचारु गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2021 | 03:47:39 PM मा प्रकाशित

laxmi  sunrise bank

अब अनलाइनबाट नै केवाईसी भरेर निष्क्रिय रहेका खाता सुचारु गर्न सकिने भएको छ  ।  राष्ट्र बैंकले आर्थिक वर्ष  २०७७÷७८ का मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै अनलाइनबाट नै केवाईसी भरेर निष्क्रिय रहेका खाता सुचारु गर्न सकिने उल्लेख गरेको हो 

जस अनुसार राष्ट्र बैंकले ग्राहक पहिचान अद्यावधिक नभएको कारण निष्क्रिय भएका बैक खाताको हकमा बैंक तथा वित्तीय संस्थाले बिद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरी त्यस्ता खाता सुचारु गर्न सकिने व्यवस्था मिलाउने भएको छ । 

समीक्षामा भनिएको छ 'कोभिड–१९ बाट विकासित भएको असहज परिस्थितिलाई मध्यनजर गरी ग्राहक पहिचान अद्यावधिक नभएको कारण निष्क्रिय भएका बैक खाताको हकमा बैंक तथा वित्तीय संस्थाले बिद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरी त्यस्ता खाता सुचारु गर्न सकिने व्यवस्था मिलाइने छ । '

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved