बैंकले सीएसआरको रकम अक्सिजन, खोप र औषधिमा खर्च गर्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2021 | 04:26:03 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) अन्तर्गत छुट्याएको कोषको रकम कोरोना भाइरस संक्रमण तथा रोकथाम अन्तर्गतको विभिन्न शिर्षकमा खर्च गर्न सक्ने भएका छन् । 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष  २०७७÷७८ का मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै  कोषको रकम कोरोना भाइरस संक्रमण तथा रोकथाम अन्तर्गतको विभिन्न शिर्षकमा खर्च गर्न सक्ने ब्यबस्था गरेको हो। 

जस अनुसार अब उक्त कोषको रकम  अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्टे«टर, जीवन रक्षक भ्याक्सिन, औषधी आदि कार्यमा खर्चगर्न सक्ने छन् । त्यसैगरी, राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने छ । 

मौद्रिक नीतिको समीक्षामा भनिएको छ 'बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) अन्तर्गत छुट्याएको कोषको रकम जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकता दिनेगरी त्यस्तो योगदान देशभर नै उपलब्ध हुनेव्यवस्था मिलाइने छ । हालको विषम परिस्थितिलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले उक्त कोषको रकम  अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्टे«टर, जीवन रक्षक भ्याक्सिन, औषधी आदि कार्यमा खर्चगर्न सक्ने व्यवस्था मिलाइने छ । त्यसैगरी, राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने व्यवस्था मिलाइने छ । '

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved