विद्युत ब्यापारको लागि सहायक कम्पनी खोल्ने निफ्राको प्रस्ताव, सरकारको पनि शेयर लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2021 | 07:32:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले आफ्नो सहायक कम्पनीको रुपमा विद्युत ब्यापार कम्पनी स्थापना गर्ने गर्ने प्रस्ताव गरेको छ । नेपालमा उत्पादित विद्युतको यथोचित माग बढाउँन तथा व्यापारीकरणमा योगदान पुर्याउने उदेश्यले बृहत सहभागितामा विद्युत ब्यापर कम्पनी स्थापना गर्न बैंकले प्रस्ताव गरेको हो । 

बैंकले यस कम्पनीमा विभिन्न निकायहरु, बैंक तथा वित्तीय संस्थालाई पनि लगानी गर्न प्रस्ताव गरेको छ ।  साथै अन्तराष्ट्रिय विद्युत ब्यापार कम्पनी वा विद्युत क्षेत्रमा कार्यरत संस्थाहरुलाई समेत लगानीकर्ताको रुपमा सहभागी गराउने बैंकले प्रस्ताव गरेको छ ।  बैंकले भारत र बंग्लादेश दुवै देशका कम्पनीहरुलाई यस कम्पनीको शेयरधनीको रुपमा भित्र्याउन कार्य भईरहेको बैंकले उल्लेख गरेको छ ।  

प्रस्तावित कम्पनीमा नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारको समेत लगानी प्रस्तव गरिएको छ । हाल निफ्रामा  पनि नेपाल सरकारको लगानी रहेको र प्रस्तावित कम्पनीमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नेपाल सरकार नै ठुलो शेयरधनीले हुने निफ्राले जनाएको छ 

नयाँ प्रस्ताव गरिएको कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई कुनै पनि असर नगर्ने निफ्राले जनाएको छ । हालसम्म प्राधिकरणले गरेका पिपिए साथै हाल भईरहेको विद्युत आयात निर्यातलाई पनि कुनै असर नपर्ने निफ्राको दाबी छ 

त्यस्तै प्रस्तावित कम्पनीले कर्णाली, भेरी, र सेती करिडोरमा गरिएको नयाँ तथा ठुला परियोजनाको पीपीए गरि त्यहाँको विद्युत निर्यात पीए गरि त्यहाँको विद्युत निर्यात  गर्ने भएकोले उत्पादन प्रसारण तथा ब्यापारलाई एकिकृत रुपमा बढाउने भएकोले प्राधिकरणलाई सहज हुने निफ्राको दाबी छ ।  

निजि क्षेत्र विद्युत ब्यापारको क्षेत्रमा आउँदा नेपाल सरकारको आर्थिक दायित्व कम हुने र ठुला तथा अन्तरदेशीय प्रसारण लाइन बनाउन सकिने र त्यस मार्फत विद्युत ब्यापार गर्दा समग्र उर्जा क्षेत्र कै विकास हुने निफ्राले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved