महालक्ष्मी बैंकले ल्यायो वैभब बचत खाता, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2021 | 01:28:15 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  ले २७ औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको छ ।

कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै नजिकैको शाखामा अनलाइन मार्फत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्नेछन् ।

यस खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो शेयर जस्ता आवश्यक सुविधाहरुमा प्रथम वर्षको लागि शत् प्रतिशत छुट प्रदान गरिएको बैंकले जनाएको छ । त्यस्तै उक्त खातामा लकर सुविधामा ५०% छुट दिनुका साथै कनेक्ट आइपिएसको सुविधा पनि रहेको छ ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस, क्यूआर कोर्ड लगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन बैंकले अनुरोध गरेको छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved