कोभिडको दोस्रो लहरको कारण अर्थतन्त्रमा थप चुनौति : गर्भनर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2021 | 11:11:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको दोस्रो लहरका कारण देशको अर्थव्यवस्थालाई थप चुनौति दिएको बताएका छन् । गभर्नरले एसियन क्लियरिङ युनियन सञ्चालक समितिको ४९औं बैठकलाई सम्बोधन गर्दै कोरोनाको दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका हुन् ।

उनले व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र बिस्तारै पुनरुत्थानतर्फ गइरहेका बेला कोरोनाको दोस्रो लहरका कारण देशको अर्थव्यवस्थालाई थप चुनौति दिएको बताएका छन् । गभर्नर अधिकारीले कोभिड प्रभावित अर्थतन्त्रको पुनरुत्थानको लागि थप प्रभावकारी नीतिगत व्यवस्था गर्दै जाने योजनामा आफू रहेको समेत बताए । 

उनले पहिलो लहरयता राष्ट्र बैंकले गरेको कामको बारेमा पनि जानकारी गराएका थिए । उनले तरलता सहजीकरण, ब्याज दर कटौती, अतिरिक्त चालु पुँजी कर्जाको सुविधा, ऋणपुर्नसंरचना÷पुनर्तालिकीकरण, साँवा÷ब्याज भुक्तानीको समय सीमा बढाउने जस्ता नीतिगत व्यवस्था गरिएको बताए । 

कोभिडबाट प्रभावित उद्योग, साना तथा मझौला उद्यमको उत्थानका लागि कर्जामा सहुलियत दिनेगरी पुनर्कर्जा सुविधामा परिमार्जन, पुनर्कर्जा कोषको सीमामा गरिएको ५ गुणाको वृद्धिजस्ता विषयका बारेमा पनि उनले जानकारी गराएका थिए ।

उनले कोभिडबाट प्रभावित पर्यटनसँगै घरेलु, साना र मझौला ब्यवसायमा जनशक्तिको तलब÷ज्याला भुक्तानीका लागि सरकारको छुट्टै ५० अर्बको कोषका बारेमा पनि जानकारी दिएका थिए । 

कार्यक्रम रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) ले भर्चुअल माध्यमबाट गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved