'मेन्टेन एण्ड सस्टेन' को रणनीतिमा कमर्शियल बैंक, यस्तो छ कर्जा र निक्षेपको पछिल्लो अवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2021 | 12:48:41 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको दोस्रो लहरको निषेधाज्ञाले बैंकहरु मेन्टेन एण्ड सस्टेन को रणनीतिमा देखिएका छन्। अहिलेको अवस्थामा ठुला कर्जाको माग नआउने र निक्षेप पनि धेरै नबढ्ने भएकाले बैंकहरु मेन्टेन एण्ड सस्टेन को रणनीतिमा रहेको जनाइएको छ। 

आर्थिक वर्षको चौँथो त्रैमासको दोस्रो महिनाको पहिलो साता बैंकहरुको कर्जा तथा निक्षेपमा भएको वृद्धिले समेत मेन्टेन एण्ड सस्टेन रणनीतिमा रहेको कुरालाई पुष्टि गरेको छ। बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकाअनुसार पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ६ अर्बले बढ्दा कर्जा लगानी मात्रै ५ अर्बले बढेको छ । 

बैशाखको ३१ गतेसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ५५ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब ११ अर्ब कर्जा प्रवाह गरेकोमा जेठ ७ गतेसम्म आइपुग्दा बैंकहरुले ३९ खर्ब ६१ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब १६ अर्ब कर्जा प्रवाह गरेका छन् । त्यस्तै एक साताको अन्तर अर्थात् बैशाख ३१ देखि ७ गतेसम्म बैंकहरुले ६ अर्ब निक्षेप संकलन गरी ५ अर्ब कर्जा लगानी गरेका छन्।

कोरोना भाइरसको पहिलो लहरको लकडाउन सकिए लगत्तै तिब्र गतिमा आर्थिक क्रियाकलाप भएकाले बीचको झन्डै ९ महिना बैंकहरुको व्यवसाय राम्रै अवस्थामा रहेको नेपाल बैंकर्स संघका उपाध्यक्ष समेत रहेका कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्ययले बताएका छन्। अरु बेला एक वर्षमा कर्जा लगानी ४ खर्ब जति बढ्थ्यो तर यसपटक ९ महिनामा कर्जा ७ खर्बले बढेको छ। चालू आर्थिक वर्षको चैत मसान्त अर्थात् ९ महिनामा ५० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा गरेका छन्। बैंकहरुको यो खुद मुनाफा अघिल्लो आर्थिक वर्षसँगको तुलनामा १२.२४ प्रतिशतले बढी हो।

कोरोना भाइरसको दोस्रो लहरका कारण निषेधाज्ञा नभईदिएको भए बैशाख तथा जेठमा बैंकिङ प्रणालीमा कर्जाको माग बढ्न गई तरलतामा दबाब पर्ने अवस्था रहेको उपाध्ययले बताए। 

उनकानुसार दोस्रो निषेधाज्ञा घोषणा भए लगत्तै बैंकिङ प्रणालीबाट ६ अर्ब जति रुपैयाँ बाहिरिएको र त्यसयता बाहिरिने क्रममा गिरावट आएपनि निक्षेप समेत  उल्लेख्य वृद्धि भएको छैन। अवस्था के हुन्छ र माहोल कता जान्छ भन्ने कुराको यकिन भईनसकेको र तत्कालको लागि ठुला कर्जाको माग आउने सम्भावना पनि कम भएकाले व्यवसायलाई लिएर बैंकहरु मेन्टेन एण्ड सस्टेन को रणनीति रहेको उपाध्ययको भनाइ छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved