प्राइम बैंकद्धारा वीर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2021 | 02:08:11 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited ले वीर अस्पताललाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । एक समारोहका बीच बैंकका संचालक मनोज पौडेलले अस्पतालका प्रमुख प्रशासकिय अधिकृत डा. जागेश्वर गौतमलाई विविध स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । 

कोभिड–१९ महामारीको दोस्रो लहरबाट आक्रान्त बनेको जटिल परिस्थितिमा बैंकले अस्पताललाई करिव ३० लाख रुपैयाँ बराबरको पि.पि.इ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, स्यानिटाइजर, अक्सिजन ट्रलि लगाएत विभिन्न स्वास्थ सामग्रीहरु प्रदान गरेको छ । 

यसअघि बैंकले सुदुर पश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताललाई ६० थान र महाकाली अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर वितरण गरेको थियो । बैंकले कोभिड –१९ विरुद्दकाे लडाइमा गर्दै आएको सहयोगलाई भविष्यमा समेत जारी राख्ने जनाएकाे छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved