नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा कोरोना रोकथामका लागि ४९लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2021 | 04:53:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश अस्पताल तथा आइसोलेसन केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई प्रति अस्पताल ÷आइसोलेसन केन्द्र ७ लाखका दरले ४९ लाख रकम सहयोग गरेको हो । 

उक्त सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved