नबिल बैंक र युनाइटेड फाइनान्सको बिशेष साधारणसभाको मिति तय, यस्ता छन् साझा एजेन्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2021 | 03:17:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited र युनाइटेड फाइनान्सले यही असार ५ गतेको लागि विशेष साधारणसभा डाकेका छन्। नबिल तथा युनाइटेडको साझा एजेन्डामा नबिलले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव रहेको छ।  

नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्ति सम्बन्धी सम्झौतामा बैशाख १७ गते हस्ताक्षर भएको थियो। बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिष कुमार खेमकाले प्राप्तिका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। नबिलले युनाइटेडलाई ३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । 

नबिल र युनाइटेड फाइनान्सले डाकेको विशेष साधारणसभाबाट सम्झौतामा उल्लेख नबिलको १०० कित्ता बराबर युनाइटेड फाइनान्सको ३५ कित्ता सेयर अर्थात ३५ प्रतिशत स्वाप अनुपात स्वीकृत हुने  कार्यक्रम रहेको छ । सेयरको दोस्रो बजारमा नबिलको सेयर प्रति कित्ता एक हजार ३०९ रुपैयाँमा कारोबार भएको छ भने युनाइटेड फाइनान्सको सेयर प्रति कित्ता ४२३ रुपैयाँमा कारोबार भएको छ ।  

सम्झौताअनुसार प्राप्ति पश्चात कारोबार नबिल बैंकको नाममा हुनेछ भने नबिल बैंकको अहिलेको संचालक समितिले नै निरन्तरता पाउनेछ।  प्राप्ति पश्चात नबिल बैंकको चुक्तापुँजी १३ अर्ब ८५ करोड पुग्नेछ भने बैंकको शाखा संख्या १४७ पुग्नेछ, जसमा काठमाडाैँ उपत्यकामा ३७ शाखा रहनेछन भने एटिएम सङ्ख्या १९० पुग्नेछ । 

त्यस्तै चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरणअनुसार नबिल बैंकको निक्षेपको आकार २ खर्ब १६ अर्बको पुग्नेछ भने कर्जा लगानीको आकार २ खर्ब १ अर्ब पुग्नेछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved