नेपाल बङ्गलादेश बैंकद्वारा सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2021 | 09:42:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बङ्गलादेश बैंक Nepal Bangladesh Bank Limited  ले सरकारलाई स्वस्थ्य सामग्री हस्तान्तरण गरेको छ । बैंकको २७ औ बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई ६६ लाख बराबरको २५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण  गरेको हो ।  

साथै सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाखको  आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सनट्रेर खरिद गर्ने छ । 

नेपाल राष्ट्र बैंकबाट क बर्गको इजाजत प्राप्त यस बैंकले २०५१ साल जेष्ठ २३ गतेदेखि आफ्नो बैकिङ्ग कारोबार शुभारम्भ गरेको थियो । यो बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो । यस बैंकमा मित्र राष्ट्र बंगलादेशको IFIC बैंकको ४०.९० प्रतिशत लगानी रहेको छ । बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकहरुलाई बैकिङ्ग सुबिधा दिदैं आएको  बैंकले जनाएकाे छ । 

बैंकले अत्याधुनिक बैकिङ्ग सुबिधाहरु दिनुको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको बैंकले जनाएको छ ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved