एन आई सी एशिया बैंकमा खाता खोल्दा आईफोन–१२ तथा स्मार्टवाच जित्ने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2021 | 05:51:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकले अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज  प्रतियोगिता सार्वजनिक गरेको छ । बैंकले कोरोना भाइरसकोे महामारीका बेला घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्दै दुई वटा अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज  प्रतियोगिता सार्वजनिक गरेको हो ।  

२०७८ जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरू मध्ये सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच र यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्ने दुई जनालाई जनही  ५० हजार नगद जित्ने मौका रहेको बैंकले जनाएको छ । 

अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्जका लागि सहभागीले जतिसक्दो कम समयमा यस बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्नेछ । यस प्रतियोगितामा सहभागी हुनका लागि निम्नलिखित चरणहरु पार गर्नुपर्ने हुन्छ :

क. यस बैंकको वेबसाइटबाट खाता खोल्ने प्रक्रिया पूरा गर्ने ।

ख. अकाउन्ट प्रोग्रेसनमा गई आफ्नो रिफरेन्स कोड राखेर खाता खोल्ने स्टेप १ देखि सवमिट सम्म देखिने गरी स्क्रीनसट लिने ।

ग. बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पिनेड पोष्टको कमेन्टमा च्यालेन्ज एसेप्ट लेखि आफ्ना ५ जना साथीहरूलाई ट्याग गरी उक्त स्क्रीनसट  पोष्ट गर्ने ।

घ. सहभागीले उक्त पिनेड पोष्टलाई आफ्नो टाइमलाइनमा #GharBataiOnlineKhata  तथा #NICASIABANK उल्लेख गरी सार्वजनिक रुपमा शेयर गर्ने ।

ङ. यस बैंकको फेसबुक पेज र उक्त पिनेड पोष्टलाई लाइक गर्ने ।

यस प्रतियोगिता अवधिभर हरेक साता दुई÷दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनौट गरी बैंकले प्रत्येकलाई एक÷एक वटा स्मार्टवाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्ने एकजना भाग्यमानी ग्राहकलाई आइफोन–१२ प्रदान गरिने योजना रहेको बैंकले जनाएको छ । 

Video Challenge का लागि भने युटुबमा भिडियोहरू अपलोड गर्नेे युटुबरहरू यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाहरूबारे भिडियो वा भ्लग बनाई यस प्रतियोगितामा सहभागी हुन सक्ने छन् । भिडियो बनाउँदा बैंकको ‘सहज रुपमा अनलाईन खाता प्रकृया’ एवं ‘महामारीको बेला बैंक पुगेर खाता खोल्दाका चुनौति’ बारेमा सहभागीले खुलेर प्रस्तुती दिनुपर्ने हुन्छ । सहभागीले आफुसँग रहेको कौशल प्रयोग गर्दै रचनात्मक भिडियो तयार पारी युटुबमा यस बैंकको आधिकारिक युटुब च्यानललाई ट्याग गरी #GharBataiOnlineKhata तथा #NICASIABANK उल्लेख गरी भिडियो अपलोड गर्नुपर्नेछ ।

 सहभागी भएका भिडियोहरू मध्ये रचनात्मक भिडियो र सबैभन्दा धेरै पटक (न्यूनतम २ हजार पटक) हेरिएको भिडियोलाई जनही  ५० हजारका दरले नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको  छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved