विद्युतीय गाडी र साइकल किन्न एनएमबी बैंकले बेस रेटमै ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2021 | 06:34:20 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साईकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना ल्याएको छ । विश्व वातावरण दिवसको अवसरमा बैंकले आफ्नो क्रेडिट कार्डहरु वा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्ने भएको हो । 

यसका साथै ८० प्रतिशतसम्म फाईनान्सिङ्ग, ७ वर्ष कर्जा अवधी, प्रशानिक शुल्कमा ०.२५ प्रतिशत छुटको अफर पनि रहेको बैंकले जनाएको छ । 

एनएमबि बैंक र माउन्टेन बाईक विक्रेताहरुबीच जुन महिना भरी EMI मा शुन्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साईकल बुक वा खरीद गर्न सकिने योजना पनि रहेको छ । यस अन्तर्गत एनएमबिका ग्राहकहरुले एपिक माउन्टेन बाईक झम्सिखेल, ग्राभिटि नेपाल झम्सिखेल, हिमालयन सिङ्गल ट्रेक ठमेल, काडमाण्डौं बाईक स्टेशन पानीपोखरी, साईकल ल्याण्ड, काडमाण्डौंबाट माउन्टेन बाईकहरु ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत २४ महिनासम्मको किस्ताबन्दिमा खरिद गर्न सक्नेछन् ।  

बैंकले हाल १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै अएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved