१ अर्ब ७८ करोड रुपैयाँ निक्षेप राख्न बैंक खोज्दै नेपाल राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2021 | 10:16:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंकको कर्मचारी उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती खातामा लगानी गर्नुपर्ने भएको भन्दै इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थालाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।  राष्ट्र बैंकले विभिन्न शर्तहरु जारी गर्दै उक्त शर्तहरु पुरा गरेका र तोकिएको सीमा भित्र रहने गरि ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तिय संस्थाहरुलाई प्रश्ताव पेश गर्न आह्वान गरेको हो ।

बैंकले कोषमा रहेको १ अर्ब ७८ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।  जस अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा  १ अर्ब ४२ करोड ४० लाख, 'ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा २६ करोड ७० लाख र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ८ करोड ९० लाख लगानी गर्न लागेको हो  । यो रकम ०७८ असार १ देखि ०७९ असार १ सम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।  राष्ट्र बैंकले ७८ जेठ २५ गते ५ बजे ब्याजदर प्रश्ताव गर्न अनुरोध गरेको छ ।   

 
 निम्न शर्त पुरा गरेका बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेश गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

 -बैंक तथा वित्तिय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको , 
-बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम भएको,
-निष्कृय कर्जा कुल कर्जा सापटिको ५ प्रतिशत भन्दा कम रहेको,
- खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढि रहेको,
-कर्जा स्वदेशी र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको,
-निकटतम अघिल्लो आर्थीक वर्षमा सञ्चालन मुनाफामा रहेको,
-रियल स्टेट कर्जा बैंकबाट तोकिएकोे सीमा भन्दा बढी भएको,
-शिघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तिमा ६ महिना पुरा भएको ,
-सर्वसाधारणका लागि छुट्याईएको रकम  जारी भईसकेको,

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved