मेगा बैंकका ग्राहकहरुलाई दराजमा १५ प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2021 | 05:16:04 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited का ग्राहकहरुले दराज डटकमबाट सामन खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । कोभिड १९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै बैंक र दराजबीच बैंकका ग्राहकहरुलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएपछि उक्त छुट पाउने भएका हुन् । 

सम्झौताअनुसार, मेगा बैंकका डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दराजबाट सामन खरिदमा १५ प्रतिशतसम्म अथवा बढीमा ५ सयसम्म छुट पाउने छन् ।

डिजिटल बैंकिङअन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले दराजसँग सम्झौता गरेको बैंकले जनाएको छ । 

बैंककाआनुसार दराज डटकमको बेवसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामन प्राप्त गर्न सकिनेछ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट घरमै बसी सामान खरिद गर्न बैंकले ग्राहकहरुलाई अनुरोध गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved