३ दिनमै ९ अर्ब निक्षेप उठाएर ४ अर्ब कर्जा प्रवाह, यसकारण घट्दैछ कर्जाको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2021 | 11:29:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्षको चौँथो त्रैमासको जेठ महिनाको अन्तिम तिर आइपुग्दा बैंकहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेपको मात्रा बढ्न थालेको छ । अघिल्लो साता पनि कर्जा लगानीको तुलनामा निक्षेपमा वृद्धि देखिएको थियो । 

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकाअनुसार जेठको अन्तिम तीन दिनमा वाणिज्य बैंकहरुको निक्षेप ९ अर्बले बढ्दा कर्जा लगानी भने ४ अर्बले मात्र बढेको छ । यो तथ्यांकले पछिल्लो समय बैंकहरुमा कर्जाको मागसंगै  निक्षेपको मात्रा पनि बढ्दै गएको देखाउँछ ।

नेपालमा बैंक वित्तीय संस्थाहरुले अधिकांश कर्जा जग्गा धितो राखेर मात्र प्रवाह गर्ने भएकाले पछिल्लो निषेधाज्ञाको समयमा मालपोत कार्यलय बन्द हुँदा कर्जा प्रवाह हुन नसकेको बैंकरहरु बताउँछन्। 

जेठको २८ गतेसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ८२ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब ४२ अर्ब कर्जा प्रवाह गरेकोमा जेठ ३१ गतेसम्म आइपुग्दा बैंकहरुले ३९ खर्ब ९१ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब ४६ अर्ब कर्जा प्रवाह गरेका छन् । त्यस्तै तीन दिनको अन्तर अर्थात् जेठ २८ देखि ३१ गतेसम्म बैंकहरुले ९ अर्ब निक्षेप संकलन गरी ४ अर्ब कर्जा लगानी गरेका छन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved