एनएमबि बैंकले भन्यो 'वाणिज्य बैंकहरु मध्येकै सर्वाधिक ब्याज दिन्छौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2021 | 12:35:29 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले निक्षेपमा सबै भन्दा बढी ब्याज प्रदान गरिरहेको बैंकले जनाएको छ । बैंकले ग्राहकहरुलाई बचत खातामा ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर र मुद्दतीमा ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको हो । 

बैंककाअनुसार बैंकले निक्षेपमा दिएको ब्याज वाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्यााज हो । 

‘हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिएता पनि एनएमबिले भने स–साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भन्ने उद्घेश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved