एन आई सी एशिया बैंकको नयाँ डेबिट कार्ड आवेदन अनलाईनबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2021 | 12:30:19 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक NIC Asia Bank Limited ले ग्राहकहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आई सर्भर डिजिटल प्लेटफर्म मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । 

बैंककाअनुसार बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एप मार्फत आइसर्भर भित्र रहेको कार्ड सभि मा ट्याप गरी डेबिट कार्ड रिप्लेस्मेन्ट मार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने छ । 

 यसका लागि ग्राहकले डेबिट कार्ड रिप्लेस्मेन्टमा ट्याप गरी आफ्नो नाम, खाता नम्बर र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । त्यस लगत्तै आफ्नो बैंकमा दर्ता रहेको मोबाइल नम्बरमा ग्राहकले प्राप्त गरेकोे ओटिपी राखेर भेरिफिकेसन गर्नुपर्छ । सफलतापूर्वक भेरिफिकेसन भइसकेपछि ग्राहकले कार्ड लिन जाने शाखा छनौट गरी बैंकको नियम एवं शर्तहरूलाई स्वीकार गर्ने र क्याप्चा भरेर अगाडिको प्रक्रियामा प्रवेश गर्नुपर्छ । 

आवेदन सफल भएपछि बैंकले एसएमएसमार्फत खातावालालाई जानकारी गराउनेछ र कार्ड तयार भएपश्चात् बैंकले पुनः एसएमएसबाट छनौट गरेको शाखाबाट डेबिट कार्ड लिनका लागि ग्राहकलाई जानकारी गराउँनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved