एनएमबि बैंकद्वारा हेलिकप्टर चार्टर गरेर मनाङका बाढी प्रभावितलाई स्वास्थ्य सामग्री वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2021 | 08:04:18 PM मा प्रकाशित

laxmi  sunrise bank

मनाङका बाढी प्रभावितलाई एनएमबि बैंक NMB Bank Limited ले स्वास्थ्य सामग्री वितरण गरेको छ । बैंकले बाढी प्रभावितलाई मिनरल वाटर, स्यानिटाईजर र मास्क वितरण गरेको हो । एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा सामग्रीहरु वितरण गरिएको बैंकले जनाएको छ।

बैंकले ति सामग्री वितरण गर्न हेलिकप्टर चार्टर गरेको थियो  । फर्कने क्रममा हेलिकप्टरले तीन जना नावालक सहित ५ जनालाई उपचारका लागी काठमाडौं पठाएको बैंकले जनाएको छ। वर्ष ६५ का बुद्घराम गुरुङ्ग, वर्ष ९ का जोह्न गुरुङ्ग, वर्ष ७ की आरध्या गुरुङ्ग, वर्ष ८ की जेनिप गुरुङ्ग र वर्ष २७ की लक्ष्मी गुरुङ्गलाई काठमाडौँ पठाईएको बैंकले जनाएको छ ।

विगत केही दिन यता लगातारको भारी वर्षा पछिको पहिरोले मनाङका अधिकांश नदिहरु थुनिएका छन् । जसले गर्दा उक्त स्थानका सयौ मानिसहरु घरवार विहीन भएका छन्। हाल चामे बजार जोखिममा रहेको हुनाले लगभग ९०० घरधुरीहरु आफ्नो बसोवास स्थान छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् । बाढीले सडक, पुल लगायतका सार्वजनिक संरचनाहरुमा पनि निकै क्षति पु¥याएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved