मेगा बैंकमा फोनबाटै २ लाख सम्मको कर्जा, यस्तो छ लिने प्रक्रिया र ब्याजदर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2021 | 02:40:32 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited  ले ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउन उद्देश्यले बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रा.लि. सँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो । 

 यस सुविधामार्फत मेगा बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघसंस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैंया उपभोग गर्न सक्ने मेगा बैंकका डिजिटल तथा इ–बैंकिंग प्रमुख विश्व सिंहले बिजपाटीलाई बताए । 

बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोन मार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने बैंकका डिजिटल तथा ईबैंकिङ प्रमुख सिंहले बताए । 

सिंहका अनुसार मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाईन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिनेछ भने कर्जा लिन इच्छुक ग्राहकहरुले बैंकको शाखा भ्रमण गर्नु नपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनु पर्दैन । कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाईन मार्फत पुरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने छ । 

सिंहका अनुसार यो सेवा बैंकको सिस्टममा असारको ४ बाट सुरु भएको हो । सिस्टममा सुरु भएको २ मिनेटमा नै यो सेवा ग्राहकले लिइसकेका थिए भने सुरु गरेको २ दिनमा २ सय बढीले कर्जाको लागि माग गरेका थिए । यस्तै हालसम्म २० जनाले यो सुविधा लिई सकेका छन् ।  

यो कर्जा पाउनलाई बैंकले केही कुराहरुमा प्रमाणीकरण गर्ने गर्छ तर अन्तरवार्ता भने हुँदैन ।  कर्जा माग गरेको ग्राहकलाई सिस्टमले नै योग्य वा अयोग्य भनेर छुट्याउने गर्दछ । मासिक तलब खाता भएका ग्राहकहरुको अन्तिम तीन महिनाको तलब र उसको खर्च तथा उसको तिर्न सक्ने आधार हेरेर बैंकको सर्तअनुसारको भए यो कर्जा पाउन सकिन्छ । 

रेगुलर जम्मा भई रहेको तलब खातावाला ग्राहकहरुले यो सुविधा उपयोग गर्न पाउने छन् । कोभिडको समयमा अलिकति भए पनि सहयोग होस्, छोटो समयका लागि औषधि उपचार तथा सानै भए पनि आर्थिक सहयोग पुगोस् भनेर यो सेवा सुरु गरिएको उनले बताए । 

अहिलेको यो अवस्थाले कतिको रेगुलर तलब नआइ रहेको अवस्था रहेको र यो अवस्थामा छोटो समयका लागि औषधि उपचार वा यस्तै काममा सहयोग पुगोस भनेर सानो रकम भए पनि केही सहयोग होस् भन्ने हेतुले बैंकले यो सेवा सञ्चालनमा ल्याएको उनले बताए । 

कसरी लिने यो सुविधा

यसका लागि मेगा बैंकको मासिक तलब खाता, मोवाइल बैंकिंग सेवा लिएको हुनु पर्ने छ । यदि यस्तो सेवा छ भने ग्राहकलाई मोवाइलमा यो सेवा प्रयोग गर्न सक्नु हुन्छ भनेर एसएमएस आउने गर्दछ । 

उदाहरण तपाईको मेगा बैंकमा मासिक तलब खाता छ, तपाईसँग मोवाइल बैंकिंग सेवा पनि छ भने अब तपाईको मोवाइलमा यो सेवा लिनको लागि एसएमएस आउँने छ । यो सँगै मोवाइल एपमा नै यो सुविधाको आइकोन देखिने छ । त्यसमा थिचेर त्यहाँका केही प्रकृयाहरु पुरा गरेपछी आफ्नो अकाउण्टमा पैसा क्रेडिट भई हाल्छ । साथै सो रकम आफूले चाहे अनुसार प्रयोग गर्न सकिने छ । 

यस्तै ग्राहकले १ दिन देखि ३० दिन सम्म आफ्नो अवस्थाअनुसार कर्जाको पैसा बुझाउन सक्नेछन् साथै यो पैसा बुझाए पछि पुन यो सुवधा लिन सकिने छ । 

यस्तै यो हप्तामा नै बैंकले अर्को मेगा मेडि कार्ड भनेर क्रेडिट कार्डको इस्तावाइ भन्ने फिचर ल्याउँदै छ । यो फिचरको प्रयोग गरी ग्राहकहरुले मेडिकल बिल तिर्न सक्ने छन् । 

क्रेडिट कार्ड लिए पछि ग्राहकले २० हजार देखि १ लाख ५० हजारसम्म को मेडिकल बिलहरु सहित भ्याट बिल पेस गरी, केही औपचारिक प्रकृया पुरा गरेपछि ग्राहकको अकाउण्डमा २० हजार देखी १ लाख ५० हजारसम्म रिक्वाइरमेन्ट हेरेर बैंकले जम्मा गर्दिने छ । यो पैसा भने ग्राहकले ६ महिना देखि १ वर्ष सम्म आफ्नो अवस्था हेरेर फिर्ता गर्न सक्नेछन् । 

यस्तै बैंकले  सरकारले लिएको क्यासलेसको बाटोलाई आधार मानेर धेरै किसिमका डिजिटल भुक्तानी र सामान खरिदमा छुट तथा क्यास व्याकको सुविधाहरु सञ्चालनमा ल्याएको छ । 

बैंकका अनुसार यस्तो कर्जामा १४ प्रतिशत ब्याज लाग्ने छ साथै खातामा रकम आएपछि उक्त ब्याज तिर्नु पर्ने हुन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved