ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१ प्रतिशत ब्याज पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2021 | 05:17:17 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited को मुद्दती बचत खातामा बचत गर्दा उच्चतम् ८.०१ प्रतिशतसम्म ब्याज पाइने भएको छ । असार १ गतेदेखि लागू हुने गरी प्रकाशित बैंकको नयाँ ब्याजदरअनुसार बैंकले एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षिक ८.०१ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने भएको हो । 

मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग प्रयोग गरी सुरक्षित रही घरबाट नै खोल्न समेत सकिने बैंकले जनाएको छ । बैंकले ग्राहकहरूलाई निक्षेपमा उच्चतम् प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउँदै आएको बताएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७३ शाखा, २४७ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको बताएको छ ।

‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै बैंकले २४ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved