ज्योति विकास बैंकको केन्द्रीय कार्यालय सर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2021 | 11:35:01 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकको काठमाडौं प्लाजामा रहेको केन्द्रीय कार्यालय सरेको छ । उक्त प्लाजाबाट ३ सय मिटरको दुरीमा रहेको कमलपोखरी स्थित नयाँ भवनमा सरेको हो । 

बैंकले स्थानान्तरणका लागि राष्ट्र बैंकबाट बैशाख ८ मा अन्तिम स्वीकृति लिएकाे थियाे भने वैशाख १७ मा प्रबन्धपत्र तथा नियमावलीमा संसोधनको लागि स्वीकृति लिएकाे थियाे ।

त्यस्तै, बैंकले कम्पनी रजिष्टारको कार्यालयबाट असार ७ गते ठेगाना परिवर्तन गर्न प्रबन्धपत्रमा तथा नियमावलीमा संसोधन अभिलेख भएपछि कमलादी स्थित काठमाडौं प्लाजाबाट कमलपोखरीमा सरेको हाे । असार ८ देखि नयाँ कार्यालयबाट सेवा सुरू भएकाे बैंकले जनाएको छ । 

बैंकले परिवर्तन भएको फोन नम्बर समेत सार्वजनिक गरेको छ । 

फोन नम्बर :

०१–५९७०३०१, ०१–५९७०३०२, ०१–५९७०३०३, ०१–५९७०३०४, ०१–५९७०३०५, ०१–५९७०३०६, ०१–५९७०३०७, ०१–५९७०३०८, ०१–५९७०३०९, ०१–५९७०३१०, ०१–५९७०३११ र ०१–५९७०३१२ रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved