ग्लोबल आइएमई बैंक र टियुद्वारा वृक्षारोपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2021 | 07:31:06 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा शनिबार वृक्षारोपण गरिएको छ। त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुषाल तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सम्युक्त रुपमा वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका हुन् ।

प्रिन्सिपल कार्यालयको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियान अन्र्तगत क्याम्पस परिसरको तीनकुनेदेखि घडी भवनसम्मको सडक छेउमा करिब ३०० धुपी र चापको विरुवा रोपण गरी विरुवाको सुरक्षाको लागि “ट्रि गार्ड” समेत लगाइएको बैंकले जनाएको छ ।

 बैंकले २७३ शाखा, २४७ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved